नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, प्रधानमन्त्रीले उद्घाटन गर्ने


काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । मंगलबार सम्पन्न महासंघको केन्द्रीय कमिटि बैठकले ७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
कोरोना महामारीको त्रासमा बन्द रहेका सटर खुलाउन चिनीयाँ नाकामा देखिएका समस्या सुल्झाउन वा राज्यका तर्फबाट असहज नीति बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको महासंघले बताएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यी सबै समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।