जनार्दन शर्माको प्रस्ताव- सचिवालय बाहेकका नेकपा सांसद बसेर साझा सुझाव तयार पारौं – Nepal Press

जनार्दन शर्माको प्रस्ताव- सचिवालय बाहेकका नेकपा सांसद बसेर साझा सुझाव तयार पारौं

काठमाडौं । नेकपाको कानूनी विभाजन जटिल बन्दै गएको । शीर्षस्थ नेताहरुले कुनै केपी ओलीसँग नमिल्ने भनिरहेका बेला प्रचण्ड-माधव पक्षका प्रभावशाली नेता जनार्दन शर्माले सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गरेका छन् ।

शर्माले बुधवार फेसबुकमार्फत आफ्नो धारणा अघि सार्दै पार्टी, आन्दोलन र जनताको पक्षमा के गर्दा हुन्छ भन्नेबारे स्वतन्त्ररुपले छलफल गर्न सांसदहरुमा अपील गरेका छन् । उनले यस्तो छलफल कुनै प क्ष वा नेतृत्वको पक्ष विपक्षमा नहुने समेत प्रष्ट पारेका छन् ।

शर्माले भनेका छन्, ‘सचिवालय सदस्यहरु बाहकका सांसदहरुले एउटा छलफल गरि आवश्यक निष्कर्षका लागि पहल गर्ने कुराको महरि स्वतन्त्र रुपमा छलफलग र्न माननीयहरुमा हार्दिक अपील गर्दछु । यो छलफल कुनै हस्ताक्षर र यो वा त्यो नेतृत्वको पक्षमा नभएर हाम्रो साझा सुझाव तयार गर्न अर्थमा भएको समेत जानकारी गराउँछु । कुनै त्रास र कुनै प्रलोभनमा नपरी छलफल गरिनेछ ।’

शर्माले नेकपामा उत्पन्न विवादलाई सैद्धान्तिक एबम् नेतृत्वको प्रश्न तथा पदय झगडाका रुपमा आ आफ्नो ढंगले बुझाइ रहेको भन्दै प्रतिनिधिसभा पुनःस्थापना भइसकेको सन्दर्भमा प्रतिनिधिसभाका सांसदहरुले आफैंप्रति उठेका प्रश्नहरुको जवाफ दिन आवश्यक रहेको बताएका छन् ।

शर्माले पार्टी विभाजनअघि देखिनै नेकपाको सचिवालय नै पार्टी बिग्रिने कारण भएको भन्दै सचिवालय भंगको माग गर्दै आएका थिए । उनले ९ सदस्यीय सचिवालय बाहेकका सांसदहरुको छलफलको प्रस्ताव गरेका हुन् ।


प्रतिक्रिया

2 thoughts on “जनार्दन शर्माको प्रस्ताव- सचिवालय बाहेकका नेकपा सांसद बसेर साझा सुझाव तयार पारौं

  1. खासमा हालसम्मका प्रधानमन्त्री भैसकेका नेकपा का आदरणीय नेताहरु संरक्षक रहनेगरी पार्टी एकता कायम राख्न कस्सिनु पर्छ ! ब्यक्तिगत पदप्रतिस्ठा त्यागेर देश जनता अनि पार्टी हितका पक्षमा लाग्नुपर्छ ! जसमा तपाई हामी सबैको भविस्य सुन्दर छ भन्ने लाग्छ !!!

Leave a Reply to Business directory Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर