जाँतोमा पछारेर तीन महिने छोराको हत्या – Nepal Press

जाँतोमा पछारेर तीन महिने छोराको हत्या

कैलाली । बैतडीमा तीन महिने छोरालाई जाँतोमा पछारेर आफ्नै बाबुले हत्या गरेका छन् ।

पञ्चेश्वर गाउँपालिका–७ खनाडीमा ३ महिने लक्ष्मण चन्दलाई उनकै ४४ वर्षीय बुवा राजबहादुर चन्दले हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिए ।

मंगलवार दिउँसो घरमा सुतिरहेको शिशुलाई एक्कासि जाँतोमा पछारेर उनले हत्या गरेका हुन् । शिशुको घटना स्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

शिशु माथि आक्रमण गर्दा बचाउन गएका आफ्नै बाबु र दाजुलाई पनि राजबहादुरले आक्रमण गरेका थिए । ७० वर्षीय मन्धिर चन्द र ४० वर्षीय भाइ गोरख चन्दलाई पनि उनले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

मन्धिर चन्दलाई उनले चिर्पटले हिर्काएका थिए भने गोरखलाई मुड्किले हिर्काएका थिए । मन्धिरको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले आफ्नै छोराको हत्या गर्ने र बुवा तथा भाइ माथि आक्रमण गर्ने राजबहादुरलाई पक्राउ गरेको जनाएको छ । उनले किन हत्या गरे भन्ने बारे छानबिन भइरहेको डीएसपी अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर