भीम रावलका अनुसार यस्ता छन् प्रधानमन्त्रीले आफूलाई सुरक्षा खतरा भन्नुका तीन कारण – Nepal Press

भीम रावलका अनुसार यस्ता छन् प्रधानमन्त्रीले आफूलाई सुरक्षा खतरा भन्नुका तीन कारण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव पक्ष)का नेता डा. भीम रावलले प्रधामन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा खतरा भएको भन्नुका विभिन्न कारण औल्याएका छन्। रावलले समाजिक संजाल ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

उनका अनुसार ती तीन कारणमा अदालतको फैसलापछि झरेको साख बचाउन जनसहानुभूति बटुल्ने, प्रधानमन्त्री नै असुरक्षित भन्ने आवरणमा जनाधिकार कुण्ठित गर्न स्वेच्छाचारी काम गर्ने र अरू कसैमाथि हमला गराउन वातावरण बनाउने रहेका छन्।

तर यसले प्रधानमन्त्री ओलीको अयोग्यता र गैरजिम्मेवारपन देखाउने उनको भनाइ छ। प्रधानमन्त्री ओलीले सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा आफूमाथि शारीरिक हमला समेत हुन सक्ने आँकलन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर