बाँसबारीको जितमा निशान सुनारको दुई गोल – Nepal Press

बाँसबारीको जितमा निशान सुनारको दुई गोल

काठमाडौं । निशान सुनारको दुई गोल प्रेरित बाँसबारी क्लबले शहिद स्मारक ‘बी’ डिभीजन लिगमा मंगलबार पुल्चोक स्पोर्टस् क्लबलाई २–० को नतिजामा पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा थप आक्रामक बनेको बाँसबारीका लागि ४७औं मिनेटमा निशानले पहिलो गोल गरेका थिए ।

पुल्चोकको रक्षापंक्तिमाथि हाबी बनेको बाँसबारीका लागि निशानले पुन: गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

जितसँगै बाँसबारी ८ खेलबाट १८ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा छ । पराजित पुल्चोक ८ खेलबाट दुई अंकसहित तालिकाको पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर