गैरकानूनी निकासी रोक्न उद्योगीले गुहारे प्रशासन – Nepal Press

गैरकानूनी निकासी रोक्न उद्योगीले गुहारे प्रशासन

रुपन्देही । भन्सार नाकाबाट अनाधिकृतरुपमा उद्योगमा चाहिने कच्चा पदार्थको निकासी बढेको भन्दै रुपन्देही उद्योग संघले सम्बन्धित कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

गैरकानूनी ढंगबाट भारततर्फ निकासी बढेका कारण नेपाली रीसाइक्लिंग उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै संघले प्रशासन र भन्सार कार्यालयलाई ध्यानाकर्षण गराएको हो ।

भन्सारबाट पुराना टायर, प्लाष्टिक, फलाम तथा कागजलगायतका कवाडी सामानहरु तस्करीमार्फत भारततर्फ निकासी भइरहेकाले उद्योगहरुले कच्चा पदार्थको अभाव खेप्नुपरेको संघले जनाएको छ ।

संघका अध्यक्ष बाबुराम बोहोराले स्वदेशी उद्योगको संरक्षण, रोजगारी अभिवृद्धि र आर्थिक विकासका लागि खुल्ला भन्सार बाधक बनेको बताउँदै तत्काल गैरकानूनी क्रियाकलाप रोक्नुपर्नेमा जोड दिए ।

भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले गैरकानूनी निकासी गतिविधिलाई कारवाहीको दायरामा ल्याइने प्रतिवद्धता व्यक्त गरे ।

रुपन्देही जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले गैरकानूनी निकासीका सूचनाहरु तत्काल प्रहरीसमक्ष पु¥याउन आग्रह गर्दै सबै प्रहरी प्रशासनलाई थप चनाखो बनाइ परिचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, बेलहिया भन्सार कार्यालयका प्रमुख मनिराम पौडेल र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रविण पोखरेलसँग समस्या अवगत गराएको हो ।

ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी घिमिरेले मातहतका सबै निकायहरुलाई तत्काल निर्देशन जारी गर्ने र उद्योगहरुको समस्या समाधानका लागि गम्भीर रुपमा अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर