‘बी’ डिभिजन लिगमा मध्यपुरको लगातार दोस्रो जित – Nepal Press

‘बी’ डिभिजन लिगमा मध्यपुरको लगातार दोस्रो जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार श्री कुमारी क्लबलाई २-१ को नतिजामा पराजित गरेसँगै मध्यपुर युथ एसोसिएसनले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४०औं मिनेटमा आशिस राईले गोल गर्दै कुमारी क्लबलाई अग्रता दिलाएका थिए । सुरुआतमा पछाडि परेको मध्यपुरका लागि पहिलो हाफको अन्तिम मिनेटमा कैलाश लामिछाने खत्रीले बराबरी गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक खेलको ४८औं मिनेटमा धिरज श्रेष्ठले मध्यपुरका लागि गरेको गोल निर्णायक बन्यो । पुनरागमनसहित विजयी बनेको मध्यपुरको जारी सिजन लिगमा यो दोस्रो जित हो । त्यस अघिका ६ खेलमा जितबिहीन रहेको मध्यपुरले सातौ खेलमा २-० ले पराजित गरेको थियो ।

जितसँगै मध्यपुर ८ खेलबाट ७ अंक जोडेको लिग तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट समान ७ अंक जोडेको कुमारी क्लब हेड टू हेडको आधारमा दशौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *