समायोजन हुन नसकेका टाइपिष्ट कर्मचारीले कार्यरत निकायबाटै तलब भत्ता पाउने – Nepal Press

समायोजन हुन नसकेका टाइपिष्ट कर्मचारीले कार्यरत निकायबाटै तलब भत्ता पाउने

काठमाडौ । कर्मचारी समायोजन पछि पनि समायोजना नभएका विभिन्न श्रेणीका टाइपिष्ट कर्मचारीले साविककै कार्यरत निकायबाट तलब भत्ता पाउने भएका छन् ।

समायोजना भएका तर उक्त निकायमा जान नसक्ने गुनासो राखेका तथा त्यस्ता निकायबाट फिर्ता भई साविक बमोमिका निकायमा कार्यरत रहेका टाइपिष्ट कर्मचारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीस्तरीय निर्णयबाट साविककै कार्यरत निकायबाट तलब भत्ता खाने व्यवस्था गरिएको हो ।

विभिन्न श्रेणीका टाइपिष्ट कर्मचारीलाई साविककै निकायमा तलब भत्ता उपलब्ध गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका २२ वटै मन्त्रालय, १३ वटै संवैधानिक तथा अन्य आयोग, सबै सचिवायल, सबै कार्यालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई बुधबार परिपत्र मार्फत जानकारी गराएको हो ।

कर्मचारी समायोजन ऐन, २०७५ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा चित्त नबुझेकाको गुनासो व्यवस्थापनका लागि कर्मचारी समायोजन तथा मिलान सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको थियो । मापदण्डले गरको व्यवस्था अनुसार नै अहिलेलाई ति कर्मचारी कार्यरत रहेकै निकायबाट तलब भत्ता उपलब्ध गराउन व्यवस्था गरिएको मन्त्रालयको संगठन विकास शाखाले जनाएको छ ।

साविककै निकायमा तलब भत्ता उपलब्ध गराउनका लागि अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सहमति दिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर