जीआर क्रिकेट क्लबसँग देवदह क्रिकेट युनिट ७ विकेटले पराजित – Nepal Press

जीआर क्रिकेट क्लबसँग देवदह क्रिकेट युनिट ७ विकेटले पराजित

रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार भएको डिभिजन ‘ए’को खेलमा जीआर क्रिकेट क्लबले देवदह क्रिकेट युनिटलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको देवदहले निर्धारित ५० ओभरमा ३१.४ ओभरमा सबै विकेट गुमाई ११२ रनको योगफल बनायो । उसका लागि विक्की कार्कीले ३२, अर्जुन रायमाझीले २५ र शुभम ढकालले २० रन बनाए । बलिङमा जीआरका नितेश थापाले ८ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, सिद्धान्तराज शाहीले २ तथा धिरज शाही र शौरभ खनालले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको जीआरले १९.१ ओभरमा ३ विकेट क्षतिमा ११६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा राजवीर सिंहले नटआउट ४३, सन्दीप सुनारले २२ र विशाल भुसालले नटआउट १९ रन बनाए ।

बलिङमा देवदहका दीपक श्रेष्ठ, अर्जुन रायमाझी र सुरज खड्काले समान १/१ विकेट लिए । बुधबार डिभिजन ‘ए’ का तिरुपति क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर