कमल थापाको प्रस्तावः ‘राजा’देखि विप्लवसम्मको सर्वपक्षीय सम्मेलन – Nepal Press

कमल थापाको प्रस्तावः ‘राजा’देखि विप्लवसम्मको सर्वपक्षीय सम्मेलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव समुहसँग वार्ताको प्रयासलाई सकारात्मक बताएका छन् । साथै उनल समस्या समाधानको लागि पूर्व राजा ज्ञानेन्द्र शाहसमेतको सर्वपक्षीय सम्मेलन गर्न आह्वानसमेत गरेका छन् ।

सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरेलगत्तै थापाको प्रतिक्रिया आएको हो । उनले फेसबुकमा स्टाटस लेख्दै सर्वपक्षीय सम्मेलनको आह्वान गरेका छन् ।

उनको स्टाटस यस्तो छ, ‘नेकपा (माओवादी) विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो।यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ ।

मन्त्रीपरिषदले आजै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा विप्लवसँग वार्ताका लागि टोली गठन गरेको छ ।

टोलीका सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई रहेका छन् । सरकारको वार्ता टोलीलाई लिएर विप्लव माओवादीले औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर