विप्लव समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन, केहीबेरमा वक्तव्य आउँदै – Nepal Press
ब्रेकिङ

विप्लव समूहसँग वार्ता गर्न सरकारी वार्ता टोली गठन, केहीबेरमा वक्तव्य आउँदै

काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता हुने भएको छ । सरकारले विप्लव समूहसँग वार्ताका लागि आजै वार्ता टोली गठन गर्दैछ ।

दुवै पक्षबीचका अनौपचारिक छलफलहरूपछि वार्ताको सहज वातावरण बनेको र दुवै पक्षका वार्ता टोलीबीच वार्ता हुने भएको उच्च सरकारी स्रोतले जनाएको छ ।

आजै केहीबेरमा सरकारका तर्फबाट प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गरी वार्ता टोलीको नाम सार्वजनिक गर्दैछन् । विप्लव समूहले यसअघिनै तीन सदस्यीय वार्ता टोली गठन गरिसकेको छ ।

विप्लव समूहका एक नेताले सरकारको तर्फबाट वक्तव्य आएपछि चाँडै काठमाडौंमा सार्वजनिक कार्यक्रम घोषणा गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर