डिपुटी गभर्नर सिवाकोटी र श्रेष्ठको कार्यकाल सकिँदै, को– को छन् संभावित ? – Nepal Press

डिपुटी गभर्नर सिवाकोटी र श्रेष्ठको कार्यकाल सकिँदै, को– को छन् संभावित ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डिपुटी गभर्नर चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठले फागुन १८ गते ५ वर्षे कार्यकाल पूरा गरी नेपाल राष्ट्र बैंकबाट आवकास पाउँदैछन् । आजबाट  डिपुटी गर्भनर सिवाकोटी रश्रेष्ठको कार्यकाल सकिने छ ।

२०७२ पुस ९ गते हालका गभर्नर महाप्रसाद अधिकारी र गोपाल काफ्लेको डिपुटी गभर्नरको रुपमा कार्यकाल सकिएको थियो । सो समयमा पद खाली भएको करिव डेढ महिनासम्म डिपुटी गभर्नर नियुक्ति हुन सकेन ।

डेढ महिनाको विवादपछी २०७२ फागुन १९ गते बसेको मन्त्रिपरिषदको बैठ्कले डिपुटी गभर्नरका रुपमा सिवाकोटी र श्रेष्ठलाई  नियुक्ति गरेको थियो ।

डिपुटी गभर्नर नियुक्ती हुनुभन्दा अगाडि सिवाकोटी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए भने श्रेष्ठ मानव व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए ।

उक्त समयमा हालकै प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पनि विष्णुप्रसाद पौडेलले नै थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले  सिनियर डिपुटी सिवाकोटी र कांग्रेसको समथर्नमा शिवराज श्रेष्ठ फागुन १९ , २०७२ मा नियुक्त  गरेका थिए ।

गत वर्ष सिवाकोटी गभर्नरको आकांक्षी भएपनि लगानी वोर्डका पूर्व कार्यकारी अधिकृत महाप्रसाद अधिकारीकाे नाम मन्त्रिपरिषद्ले सिफारिस गरेपछी सिवाकोटीको गभर्नर वन्ने आकांक्षा पूरा हुन सकेन ।

कोरोना महामारीका कारण नयाँ गभर्नर नियुक्ति ढिलाइहुँदा सिवाकोटीले गत (चैत्र ५ गते देखी २५ गतेसम्म) कायममुकायम गभर्नरका रुपमा काम गर्ने अवसर पाएका थिए ।

गभर्नरको पद नपाएपनि सिवाकोटीलाई बीमा समितिको अध्यक्षको प्रत्यासीकोरुपमा हेरिएको थियो । तर ,उनको स्थानमा पूर्व गृहसचिव सुर्यप्रसाद सिलवाल बीमा समितको अध्यक्षमा नियुक्त भएपछी उनको त्यो इच्छा पनि पूरा नभएको देखिन्छ ।

अब संभावित डिपुटी गभर्नर को – को छन् त ?

यो पटक पनि डिपुटी नियुक्ति गर्ने निर्णायक ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल नै छन् । ५ वर्ष अगाडि डिपुटी गभर्नर नियुक्तिमा विवाद भएपनि अहिले प्रधानमन्त्रीले चाहेको व्यक्ती डिपुटी गभर्नर नियुक्ती हुने संभावना बढी छ ।

गभर्नरले डिपुटी गभर्नर नियुक्ति गर्दा कार्य सम्पादन मूल्याङ्क दक्षता र वरिष्ठताका आधार बनाइने भएपनि यसमा राजनीति नियुक्ती गरिँदै आएको विगतका नियुक्तिले देखाउने गरेको छ ।

डिपुटी गभर्नर नियुक्त गर्दा गर्भनरले ४ जना संभावित उमेद्धारको नाम अर्थ मन्त्रालय पठाउने र अर्थ मन्त्रालयबाट मन्त्रीपरिषद् प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था छ ।

हाल राष्ट्र बैंकमा १७ कार्यकारी निर्देशक रहेका छन्  । यी मध्येबाट ४ जनाको नाम गभर्नरले अर्थमन्त्रालय पठाउने छन् ।

सोही आधारमा मन्त्रिपरिषद्ले दुई जना डिपुटी गभर्नर नियुक्ति गर्नेछ ।१७ वटा विभागका कार्यकारी निर्देशकहरु नै डिपुटी गभर्नर पाउने भएकाले उसका लागि राजनीतिक डौडधुप शुरु भइसकेको छ ।

पछिल्लाे पटक सरकारले गरेको निर्णयबाट कोकाे  डिपुटी गभर्नर नियुक्ति हुन्छन्र यसै भन्न सकिने अवस्था भने छैन । तर अर्थमन्त्रीका आर्थिक सल्लाकार तथा लघुबित्त बित्तीय संस्था सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक डा. प्रकासकुमार श्रेष्ठको नाम सिनियर डिपुटी गभर्नरको रुपमा चर्चामा रहेको छ ।

त्यस्तै विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक वमवहादुर मिश्र, भुक्तानी प्रणाली विभागका भुवन कडेल, बैंक तथा बित्तीय संस्था नियमन बिभाग समालेका देवकुमार ढकाल , सार्वजनिक ऋण व्यवस्थापन  प्रमुख कार्यकारी निर्देशक निलम ढुङ्गाना तिम्लसिनालगायतका नाम नेकपा तर्फबाट डिपुटी गभर्नरमा नियुक्ति पाउने संभावित नामहरु हुन् ।

त्यस्तै आफूलाई तटस्थ तर आवश्यकता परेमा राजनीतिक सहयोग लिन तयार रहेको बताउने नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका डा. गुणाकार भट्ट पनि डिपुटी गभर्नरका अर्का प्रत्यासी हुन् ।

उनी अनुसन्धान विभागका कार्यकारी निर्देशक हुन भने उनी आफ्नो क्षेत्रमा उत्कृष्ठ कार्यसम्पादन गर्ने र व्यवसायिकता प्रर्दशन गर्न उनी पनि उक्त्त पदका लागि योग्य व्यक्ति हुन् ।

त्यस्तै बैंकिङ्ग सुपरिवेक्षण विभागका महानिर्देशक मुकुन्द कुमार क्षेत्री र बिकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेस भट्ट काग्रेसतर्फबाट डिपुटी गभर्नरका आकांक्षीको रुपमा हेरिएको छ ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *