सोसिडाडसँग अंक बाँडेपछि रियल मड्रिडले दोस्रो स्थानमा उक्लने अवसर गुमायो – Nepal Press

सोसिडाडसँग अंक बाँडेपछि रियल मड्रिडले दोस्रो स्थानमा उक्लने अवसर गुमायो

एजेन्सी । ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले क्लबका लागि एक सयौं खेलको अन्तिम मिनेटमा बराबरी गोल फर्काएपछि स्पेनिस ला लिगामा रियल मड्रिड घरेलु मैदानमा रियल सोसिडाडसँग हारबाट जोगिएको छ ।

पहिलो हाफ सान्टियागो बर्नबाउमा घरेलु टोलीले बर्चश्व बनाएको थियो । मारियानो र रफायल भारानेले दुई मिनेटको अन्तरमा गरेको हेड क्रसबारमा लागेपछि गोल हुन सकेन ।

दोस्रो हाफमा सोसिडाडले निकै नै सुधारिएको खेल प्रदर्शन गरेको थियो । ५५ औं मिनेटमा नाचो मानरियल्सको क्रसलाई सदुपयोग गरी पोर्तुगेज मान्जानेराले शानदार हेड गोल गरे ।

जिदानेले ६१ औं मिनेटमा अग्रपंक्तिका तीन खेलाडी परिवर्तन गरे । तिनैमध्येका एक भिनिसियसले लुकास भाज्क्वेजको पासमा ८९ औं मिनेटमा गोल गरे, हार टारे ।

यो बराबरीले सबै प्रतियोगितामा गरी रियल मड्रिडको पाँच खेलको अजेय यात्रा सकिएको छ । र ला लिगामा बार्सिलोनालाई पछि पारी दोस्रो स्थानमा उक्लले अवसर पनि गुमाएको छ ।

२४ खेलबाट बार्सिलोना र रियलको समान ५३ अंक भएको छ । गोलअन्तरले बार्सिलोना अगाडि रह्यो । एक खेल कम खेलेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा ५ अंक अगाडि छ । सोसिसाड पाँचौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *