डोजरको ठक्करबाट धादिङमा महिलाको मृत्यु, आक्रोशित स्थानीयद्वारा आगजनी – Nepal Press

डोजरको ठक्करबाट धादिङमा महिलाको मृत्यु, आक्रोशित स्थानीयद्वारा आगजनी

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटार खोल्सीनजिकै सडक निर्माण गरिरहेको डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको सोही गाउँपालिका १ की ४५ वर्षीया सरस्वती कुमाल छिन् । सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेको डोजरले घाँस काटेर फर्कंदै गरेकी कुमाललाई ठक्कर दिएको थियो । त्यहीं ढलेकी कुमालको माटोमा पुरिएर मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक अरुण कुशवाहका अनुसार सल्यानटारमा सडक खन्दै गर्दा डोजरको ठक्करबाट एक महिला घाइते भएको र घाइते महिलाको उद्धार गर्न नभ्याउँदै माटोले पुरिएर ज्यान गएको सूचना प्राप्त भएको जानकारी दिए ।

ठक्करबाट घाइते भएकी महिलालाई डोजर चालकले उद्धार गर्नुको साटो थप माटोले पुरेर हत्या गरेको भन्दै आक्रोशित स्थानीयले डोजरमा आगजनी गरेका छन् । आक्रोशित स्थानीयले घटनास्थलमा नाराबाजी गरी मृतकको आश्रित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिरहेका छन् । डोजर चालक र बाटो बनाउने ठेकेदारलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।

घटनापछि डोजर चालक फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर