अवैध रुपमा लुकाएर ल्याएको ६ वटा कछुवासहित पक्राउ – Nepal Press

अवैध रुपमा लुकाएर ल्याएको ६ वटा कछुवासहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट अवैध रुपमा लुकाई ल्याएको व्ल्याक पाउण्ड प्रजातिको ६ वटा कछुवासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत पटना घर बताउने २३ वर्षीय फैजल आलम रहेका छन् ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ ज ७०१४ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार आलमले झोलामा लुकाई ल्याएको उक्त कछुवा फेला पारी उनलाई पक्राउ गरेको हो ।

आलमलाई बरामद कछुवा सहित थप अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर