दार्चुला मालिकार्जुन गाउँपालिकाका वडाध्यक्षको मृत्यु – Nepal Press

दार्चुला मालिकार्जुन गाउँपालिकाका वडाध्यक्षको मृत्यु

कैलाली । दार्चुलाको मालिकार्जुन गाउँपालिका- ३ का वडाध्यक्ष रुद्रसिंह धामीको सोमबार बिहान मृत्यु भएको छ ।

७८ वर्षको उमेरमा हृदयघातका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

वडाध्यक्ष धामीको निधनमा गाउँपालिकाले दुई दिन शोक बिदा दिने निर्णय गरेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा धामी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर