संसद भवनमा प्रवेश गर्ने सबैलाई बुधबारदेखि कोरोनाविरुद्धको खोप – Nepal Press

संसद भवनमा प्रवेश गर्ने सबैलाई बुधबारदेखि कोरोनाविरुद्धको खोप

काठमाडौं । संघीय संसदको अधिवेशन आह्वान भएलगत्तै संसद सचिवालयले सभामुख र राष्ट्रियसभा अध्यक्षसहित सबै सांसदहरूलाई बुधबार कोरोनाविरुद्धको खोप लगाउन सिभिल अस्पतालमा बोलाएको छ ।

खोप लगाएरमात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।

बुधबार सांसदहरूले खोप लगाउँनेछन् भने अन्यको हकमा बिहीबार र शुक्रबारलाई तोकिएको सचिवालयले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर