‘कू’ पछि सार्वजनिक जीवनमा पहिलोपटक देखिइन् सू ची – Nepal Press

‘कू’ पछि सार्वजनिक जीवनमा पहिलोपटक देखिइन् सू ची

काठमाडौं । सैन्य ‘कू’पछि म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सू ची सार्वजनिक जीवनमा पहिलोपटक देखिएकी छिन् ।

गत महिना म्यानमार सेनाले कू गर्दै उनलाई घरमै नजरबन्दमा राखेको थियो । बीबीसीका अनुसार सार्वजनिक गरिएको एक भिडियोमा सू चीलाई अदालततर्फ जाँदै गर्दा देखिएको हो ।

उनका वकिलका अनुसार नेतृ सू चीको स्वास्थ्य अवस्था राम्रो छ र उनले कानुनी सहायताबारेमा कुरा गरेकी छिन् । फेब्रुअरी १ देखि सू चिलाई गोप्य स्थानमा नजरबन्दमा राखिएको जनाइएको छ ।

आइतबार मात्र सैन्य कूको विरोधमा भएको प्रदर्शनमा १८ प्रदर्शनकारीको ज्यान गुमेको छ । चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर