प्रधानमन्त्रीले पोखरामा गरे प्रदेश प्रशिक्षण प्रतिष्‍ठानको शिलान्यास – Nepal Press

प्रधानमन्त्रीले पोखरामा गरे प्रदेश प्रशिक्षण प्रतिष्‍ठानको शिलान्यास

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गरेका छन् ।

सोमबार पोखरा सभागृहमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न आइपुगेका ओलीले केही बेरअघि प्रतिष्ठानको शिलान्यास गरेका हुन् ।

पोखरा १ नदीपुरमा ४ हजार ९ सय ६४ वर्गमिटर क्षेत्रफलमा ३३ कोठाको प्रतिष्ठान निर्माण गरिनेछ । ३३ करोड २१ लाख लागत अनुमान रहेको प्रदेशसभासँगै निर्माण हुने सो भवनमा बहुउद्देश्यीय बैठक कक्ष, क्लास रुम, डाइनिङ हल, पार्किङको सुविधान हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर