प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक फागुन १९ मा – Nepal Press

प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक फागुन १९ मा

काठमाडौं । प्रचण्ड-माधव पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठक १९ गते बस्ने भएको छ । केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा तय गरिएको छ ।

यसअघि बिहान सिंहदरबारमा बसेको सचिवालयको बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।

स्थायी कमिटी बैठकको मिति भने तय गर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर