चारदिनपछि सुन तोलामा ४ सयले वृद्धि – Nepal Press

चारदिनपछि सुन तोलामा ४ सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा ४ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन  ४ सयले  वृद्धि हुँदै प्रतितोला ८८ हजार ७ सयमा  कारोबार भइरहेको छ ।

अघिल्लो साता तीन दिन लगातार सुनको मूल्य ओरालो लागेको थियो भने साताको पहिलो दिन हिजो पनि तोलामा ५ सय रुपैयाँले घटेको थियो ।  यसैगरी आज तेजाबी सुन तोलामा ८८ हजार २५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर