रुखको हाँगाले लागेर बृद्धको मृत्यु – Nepal Press

रुखको हाँगाले लागेर बृद्धको मृत्यु

कैलाली । कञ्चनपुरमा रुखको हाँगाले लागेर बृद्धको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–२ वाणी शिविरको खल्ला कोटस्थित जनहित महाकाली सामुदायिक वनमा रुखको हाँगाले लागेर करिब ६५ वर्षीय हिक्मत देउवाको मृत्यु भएको छ ।

सामुदायिक बनका झाडी फडानी गर्ने क्रममा हाँगाले लागेर देउवा गम्भीर घाइते भएका थिए ।

आइतबार दिउँसो धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर