बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ – Nepal Press

बन्धक बनाई १० लाख फिरौती मागेको अभियोगमा ३ जना पक्राउ

मोरङ । २३ वर्षका एक जना पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१८ खोक्सा का पुरुषलाई फिरौती माग्ने महानगरपालिकाकै वडा नम्बर १६ का २० वर्षका रोहित पण्डित, २१ वर्षका अजय यादव र वडा नम्बर ६ का २८ वर्षका सन्ध्या शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

बन्धक बनाएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–६ रामपुरबाट पीडितलाई २ घण्टाभित्रै सकुशल उद्दार गरेको थियो । साथै प्रहरीले रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान महानगरपालिकाकै वडा नम्बर १२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान महानगरपालिकाकै वडा नम्बर १ पोखरियाबाट पक्राउ गरेको हो ।

उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती समेत मागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको र उनीहरुमाथी अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर