प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं – Nepal Press

प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं

झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् ।

झापामा ‘नेपाल-चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वार्ताबाटै समस्या समाधान हुन दृढता जनाए ।

प्रधानमन्त्री ओलीले यसअघि पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्टलाई मूलधारमा ल्याउने बताएका थिए ।

महासचिव विप्लवले शनिबार वक्तव्य जारी गरी सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताको लागि सकारात्मक रहेको जनाएका हुन् ।

सरकारले विप्लव समूहलाई वार्तामा आउन सहज वातावरण बनाइदिने मन्त्रीहरूले बताउँदै आएका छन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री ओलीले भने- विप्लवसँग वार्ताबाटै छिट्टै समस्या समाधान गर्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर