उद्योगी सौर्यशम्शेर राणा रहेनन् – Nepal Press

उद्योगी सौर्यशम्शेर राणा रहेनन्

काठमाडौं । सिप्रदी समूहका अध्यक्ष सौर्य शम्शेर राणाको आज निधन भएको छ । ४ दिनअघि मुटुको शल्यक्रिया गरेका उनको ६३ वर्षको उमेरमा निधन भएको हो ।

राणाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा गरिँदैछ ।

उनी नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष र २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आबद्ध थिए । उनले नाडा अटोमोबाइल्समा पनि लामो समय काम गरेका थिए ।

राणाले आदित्य बिर्ला गु्रपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा काम गरेका थिए । बेलायतको होयर गोभेट नामक कर्पोरेट कम्पनी र हल्याण्ड, ह्यानेन एण्ड कुबिट्स नामको निर्माण कम्पनीबाट उनको करिअर सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *