सुनको मूल्यमा ५०० घट्यो – Nepal Press

सुनको मूल्यमा ५०० घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० ले घटेको हो । अघिल्लो साताको शुक्रबार पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३५० मा कारोवार भएको थियो ।

यस्तै चाँदी आज तोलामा १० ले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *