कांग्रेस नेता जोशीको स्वास्थ्यस्थितिप्रति राष्ट्रपतिको चासो – Nepal Press

कांग्रेस नेता जोशीको स्वास्थ्यस्थितिप्रति राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मष्तिस्काघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे चासो राखेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले आज अस्पतालमा पुगेर राष्ट्रपतिको सन्देश जोशी पत्नी सपना र दाजु राजुराज जोशीलाई सुनाउँदै उपचारमा संलग्न चिकित्सक डा. राजीव झासँग स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यलाभको कामनासहितको सन्देश लिएरआफू अस्पताल गएको ढकालले नेपालप्रेसलाई जानकारी दिए ।

शुक्रबार त्यहाँ भर्ना भएका जोशीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ । राष्ट्रपतिले जोशीको स्वास्थ्य स्थितिबारे गम्भिर चासो र चिन्ता व्यक्त गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *