नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न संयुक्त राष्ट्रसंघीय समितिको सिफारिस – Nepal Press

नेपाललाई अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्न संयुक्त राष्ट्रसंघीय समितिको सिफारिस

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिको लागि सिफारिस गरेको छ ।

संयुक्त राष्ट्रसंघीय विकास नीति सम्बन्धी कमिटीले गरेको यो सिफारिस ५ वर्षमा अर्थात सन् २०२६ देखि लागू हुनेछ ।

राष्ट्रसंघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

नेपाललाई विकासशील राष्ट्र हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने संकल्पमा यस सिफारिसले ठूलो भरोसा प्रदान गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताएका छन् ।

राष्ट्रसंघीय विकास नीति कमिटी (सिडिपी)ले हरेक तीन वर्षमा गर्ने समिक्षात्मक विश्लेषण यहि वर्षको फेब्रुअरी २२ देखि २६ सम्म गरेको थियो । सो समिक्षामा नेपालले अल्पविकसितबाट विकसित राष्ट्रमा स्तरोन्नति हुने मापदण्ड पूरा गरेको जनाइएको छ ।

प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *