प्रचण्ड भन्छन्- हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ – Nepal Press

प्रचण्ड भन्छन्- हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ

काठमाडौं । विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् ।

प्राइम टेलिभिजनमा ऋषि धमलासँग अन्तर्वार्ता दिँदै प्रचण्डले भारतसँग राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने समेत बताए ।

दाहालले भने, ‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु ।’

भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे । भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।

संसदले यथासम्भव छिटो नयाँ प्रधानमन्त्री दिने र सहमतिका साथ नेपालले नयाँ प्रधानमन्त्री पाउने समेत दाहालले बताए ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड भन्छन्- हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ

  1. यो लडाईँ पनि महान जनयुद्ध कै अभिन्न अंग मान्नुपर्छ
    बल्ल पो नयाँ जनवाद आउँछ

  2. चीन भारत 2 टै भनेको तर मिडियाहरुमा भारत मात्रै आयो ,,, यसको के कारण हो

Leave a Reply to Hira Lal Dhami Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर