११ एसपी र १८ डिएसपी गरी २९ प्रहरी अधिकृतको सरुवा (सूचीसहित) – Nepal Press

११ एसपी र १८ डिएसपी गरी २९ प्रहरी अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरिक्षक डिएसपीको सरुवा भएको छ । गोरखाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने गोरखामा प्रहरी प्रधान कार्यालयमा कार्यरत शेखर खनाललाई ल्याइएको छ ।

बाग्लुङका प्रहरी प्रमुख लोकेन्द्र श्रेष्ठ प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् भने प्रहरी प्रधान कार्यालयमा कार्यरत कृष्ण बहादुर पल्ली मगरको बाग्लुङमा पुगेका छन् । गुल्मीका प्रहरी प्रमुख प्रबिण लाल श्रेष्ठको प्रहरी प्रधान कार्यालयमा सरुवा हुदाँ प्रहरी प्रधान कार्यालयमा कार्यरत गोपाल चन्द्र भट्टराई गुल्मीमा पठाइएको छ ।

महोत्तरी प्रहरी प्रमुख टिका बहादुर केसी काठमाडौं उपत्यका प्रहरी कार्यालय कार्यालयमा सरुवा भएका छन् भने महोत्तरीमा प्रहरी प्रधान कार्यालयमा कार्यरत दिनेश कुमार आचार्य पुगेका छन् । काठमाडौ बर्दियाका एसपी केदार रजौरेको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने उपत्यका प्रहरी कार्यालयमा कार्यरत ईश्वर कार्की जिल्ला प्रहरी कार्यालय बर्दियाको प्रमुखमा सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभाग अन्तरगको विपद व्यवस्थापन कार्यालय मानवश्रोत व्यवस्थापना शाखा सामाखुसीमा कार्यरत एसपी बसन्त रजौरेको प्रहरी प्रधान कार्यालयकै कानून शाखामा सरुवा भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत डिएसपी ईन्द्र बहादुर राना ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी, चितवन, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत कुमार बिक्रम थापा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत जयश्वर रिमाल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएका छन् ।

सुदूरपश्चिम प्रदेशर प्रहरी कार्यालय डोटीमा कार्यरत जागेश्वर भण्डारी जिल्ला प्रहरी कार्यालय धादिङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत दान बहादुर थापा जिल्ला प्रहरी कार्यालय जुम्ला, नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय काठमाडौमा कार्यरत प्रल्हाद कार्की जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत भुवनेश्वर प्रसाद साह १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत मञ्जिल मुकारुङ जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुरमा कार्यरत मनोज कुमार लामा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत मनोजित कुँवर नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत माधव प्रसाद काफ्ले जिल्ला प्रहरी कार्यालय सप्तरी, ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चिवनमा कार्यरत रबिन कार्की, नेपाल प्रहरी पहरा गण काठमाडौं सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत लोकदर्शन थापा बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडा, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत लोकनाथ तिम्सिना नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय भक्तपुर सरुवा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत श्याम बहादुर खत्री कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत सुर्य प्रकाश सुवेदी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटी, १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा कार्यरत हरि खतिवडा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र नेपाल प्रहरी पहरा गण काठमाडौंमा कार्यरत हेरम्ब शर्मा जिल्ला प्रहरी कार्यालय हुम्लामा सरुवा भएका छन् ।

सरुवा भएका एसपी र डिएसपीकाे विवरण यस्तो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *