‘अन्तर्मनको विज्ञान’ बजारमा – Nepal Press

‘अन्तर्मनको विज्ञान’ बजारमा

रुपन्देही । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव तथा मनोविज्ञानज्ञात्ता डाक्टर खगेन्द्र सुवेदीद्वारा लिखित ‘अन्तर्मनको विज्ञान’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकको विमोचन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले हरेक मानिसले आफूमा भएको ज्ञानलाई सकारात्मक रूपले व्यवहारमा उतार्नसकेमा जीवन सार्थक हुने बताए ।

पोखरेलले सार्थक जीवनले नै खुसी मिल्ने र जीवनलाई दर्शन र विज्ञानको कोणबाट हेर्दा फरक जस्तो लागेपनि यसको सार भने एउटै हुने बताए ।

पोखरेलले सामाजिकताले जीवन र विषयवस्तुलाई हेर्ने दृष्टिकोणमा प्रभाव पार्ने पनि उल्लेख गरे । मुख्यमन्त्री पोखरेलले मिहनेत सकारात्मक सोंच संयोजनबाट मानिसले आफूभित्रको खराब तत्वलाई नियन्त्रण गर्न सक्दा सफलता चुम्ने बताए ।

समीक्षक डा. नारायण पन्तले पुस्तकमा जीवन, अध्यात्म र दर्शनका विषयवस्तुलाई सुक्ष्म ढंगले पस्किएकोले पुस्तक गहकिलो बनेको बताए ।

लेखक डाक्टर खगेन्द्र सुवेदीले आफूले भोगेको र अनुभव गरेको अन्तर्मनको अध्यात्मलाई खोतल्ने प्रयास गरेको बताए । दर्शन र अध्यात्मका पक्षबाट समेत जीवनलाई हेर्न सकिने उनको भनाइ छ ।

अध्यात्मकतालाई भौतिकतासँग जोड्न खोजेको पनि उनले बताए । निजामति सेवामा रहेका डा. सुवेदी एक महिनायता लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवका रूपमा कार्यरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर