३१ जिल्लाका सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा (सूचीसहित) – Nepal Press

३१ जिल्लाका सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा (सूचीसहित)

काठमाडौं । ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा भएको छ । आज बसेको गृहमन्त्रीस्तरीय बैठकले उनिहरुको सरुवा गरेको हो ।

जसमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको पाल्पा, बाग्लुङका प्रजिअ सुरेश न्यौपानै सिन्धुली, गोरखका प्रजिअ तिर्थराज भट्टराई महोत्तरी, सिन्धुपाल्चोकका प्रजिअ उमेश कुमार ढकाल सुनसरी, सुनसरीका पणिन्द्रमणि पोखरेल सप्तरी, कास्कीका ज्ञान प्रसाद ढकाल धादिङ, इलामका तुलसीराम सेढाई उदयपुर, सल्यानका हेमराज तामाङ अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं सरुवा भएका छन् ।

कैलालीका प्रजिअ गृह मन्त्रालय, उदयपुरका चक्रपाणी पाण्डे कपिलवस्तु, दैलेखका सन्त बहादुर सुनार बर्दिया, चितवनका नारायण प्रसाद भट्टराई सर्लाही, सर्लाहीका सुरेन्द्र पौडेल बारा, बाराका दिपकराज नेपाल स्याङजा, कपिलवस्तुका दिर्घनारायण पौडेल दाङ सरुवा भएका छन् ।

दाङका प्रजिअ जयनारायण आचार्य गृह मन्त्रालय, महोत्तरीका केशव प्रसाद बिमली गृह मन्त्रालय, सप्तरीका शंकरहरि आचार्य गृह मन्त्रालय, ओखलढुंगाका कृष्ण पौडेल गृह मन्त्रालय, मोरङका ध्रुब बहादुर खड्का इलाम, बर्दियाका लीलाधर अधिकारी चितवन सरुवा भएका छन् ।

अछामका प्रजिअ गोकर्ण प्रसाद उपाध्याय धादिङ, काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई सल्यान, बझाङका कमलराज भण्डारी गोरखा, दार्चुलाका शरद कुमार पोखरेल मोरङ, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेल दैलेखमा सरुवा भएक छन् ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलाल नुवाकोट, नुवाकोटका झंकनाथ ढकाल अध्यागमन विभाग, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल अछाम, गोरखाका सहायक प्रजिअ देवी पाण्डे पर्वत, पर्वतका प्रजिअ शम्भु प्रसाद रेग्मी गृह मन्त्रालय सरुवा भएका छन् ।

म्याग्दीका प्रजिअ उमाकान्त अधिकारी काठमाडौं, रसुवाका हरि प्रसाद पन्त सल्यान, सल्यानका ईश्वरी प्रसाद ढकाल रसुवा, ताप्लेजुङका झरेन्द्र प्रसाद चापागाई झापा, झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे ताप्लेजुङ, हुम्लाका चिरन्जिवि गिरी कागरागार कार्यालय नख्खु ललितपुर सरुवा भएका छन् ।

यस्तै गृह मन्त्रालयमा कार्यरत शालिग्राम न्यौपाने गोरखा, अरुण पोखरेल सिन्धुपाल्चोक, थानेश्वर गौतम कास्की, खगेन्द्र प्रसाद रिजाल कैलाली, शिवकुमार कार्की बाग्लुङ, छविलाल रिजाल सुर्खेत, बन्दना राई ओखलढुगा, प्रेमलाल लामिछाने चितवन, बासुदेव घिमिरे दोलखा, सिद्धराज जोशी दार्चुला, गणेश बहादुर अधिकारी म्याग्दी सरुवा भएका छन् ।

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राट्रिय विमानस्थल काठमाडौंमा कार्यरत गौलोचन सैजु रामेछाप, इलाका प्रशासन कार्यालय लाहान सिरहामा कार्यरत प्रेम प्रसाद देवकोटा जाजरकोट, कारागार कार्यालय नख्खु, ललिपुरमा कार्यरत मोहन अधिकारी बझाङ, कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा कार्यरत गणेश आचार्य हुम्ला सरुवा भएका छन् ।

सरुवा हुनेको सूची यसप्रकार छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर