औषधि व्यवस्था विभागका अधिकृत २ लाख घुससहित पक्राउ – Nepal Press

औषधि व्यवस्था विभागका अधिकृत २ लाख घुससहित पक्राउ

विराटनगर । विराटनगरस्थित औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत सरोज सुवेदी घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर-३ स्थित एक होटलबाट केहीबेरअघि उनलाई २ लाख घुससहित पक्राउ गरेकाे  आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले नेपाल प्रेसलाई जानकारी दिए ।

बन्द भएको फार्मेसीलाई सञ्चालनको अनुमति दिने आश्वासन दिएर सुवेदीले घुस लिएको अख्तियार स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर