राजनीतिक समीकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै – Nepal Press

राजनीतिक समीकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । संसद पुनःस्थापनापछिको राजनीतिक समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसका पदाधिकारीहरूको बैठक केहीबेरमा बस्दैछ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेका लागि बैठक बोलाइएको थियो । नेताहरू बैठकस्थल पुग्नेक्रम जारी छ । आजको बैठकमा देउवाले सम्भावित सत्ता समीकरणका लागि आएका प्रस्तावबारे नेताहरूलाई जानकारी गराउनेछन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतले भने तत्काल सरकारमा जान पार्टी हतारिन नहुने विषय बैठकमा राख्ने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर