२६ नेपाली महिला श्रीलंकाली जेलमा, छुट्ने सम्भावना न्यून – Nepal Press

२६ नेपाली महिला श्रीलंकाली जेलमा, छुट्ने सम्भावना न्यून

कोलम्बो । १० महिनादेखि २६ नेपाली महिला श्रीलंकाली जेलमा रहेको खुलासा भएको छ ।

बीबीसीका अनुसार विभिन्न मुलुकमा जाने क्रममा ट्रान्जिटका रुपमा श्रीलंकाको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलंका प्रहरीले पक्राउ गरेको थियो ।

श्रीलंकास्थित नेपाली दुतावासका अनुसार जेलमा रहेका महिलाहरु तत्काल छुट्ने सम्भावना छैन ।

विभिन्न खाडी मुलुक लैजानको लागि एजेन्टका रुपमा काम गर्ने श्रीलंकाली नागरिकलाई त्यहाँको प्रहरीले मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको जनाइएको छ ।

नेपाली दुतावासका अनुसार अदालतको आदेश नआएसम्म पक्राउ परेका नेपाली महिला छुट्ने सम्भावना कम छ ।

चालु आर्थिक वर्षमा भारत र श्रीलंकाबाट उद्दार गरेर नेपाल ल्याइएका महिलाको संख्या ५२ रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर