कर सुधारका लागि आन्तरिक राजस्व विभागले माग्यो सुझाव – Nepal Press

कर सुधारका लागि आन्तरिक राजस्व विभागले माग्यो सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८ / ७९ को बजेट निर्माण कार्य अगाडि बढेसँगै आन्तरिक राजस्व विभागले कर कानूनमा परिवर्तनका गर्नुपर्ने भएमा सरोकारवाल पक्षसँग सुझाव माग गरेको छ ।

फागुन मसान्तसम्ममा आयकर, मुल्यअभिवृद्धि  र अन्तशुल्क दरमा परिवर्तन गर्नुपर्ने भएमा सुझाव पेस गर्न विभागले अनुरोध गरेको हो ।

यसअघी नै भन्सार विभाग र राजस्व परामर्श विकास समितिले आवश्यक सुझाव संकलनको काम अगाडि बढाइसकेका छन्।

उद्योगि व्यवसायीहरुले कर कानूनमा रहेका समस्या र जटिलतालाई समावेश गरी विभागलाई सुझाव प्रस्तुत गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर