पूर्वराजालाई मख्ख बनाउने को हुन् यी गायिका जसले उपहार समेत पाइन् ! – Nepal Press

पूर्वराजालाई मख्ख बनाउने को हुन् यी गायिका जसले उपहार समेत पाइन् !

काठमाडौं । यसैसाता पूर्वरानी कोमल शाहको जन्मदिन मनाउन पूर्वराज परिवारका सदस्य झापामा भेला भए । पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमलको डान्सले धेरैलाई मन्त्रमुग्ध पनि बनायो ।

वर्षौपछि पूर्वयुवराज पारस र पत्नी हिमानी शाहबीचको भेट पनि संचारमाध्यमका लागि मसला बन्यो । कोमललाई बधाइ दिन पूर्वराजपरिवार सदस्य र आफन्त मेची होटलमा जम्मा भएका थिए । पारस र हिमानी समेत भएको उक्त जमघटमा पूर्वराजा दम्पत्ति प्रफुल्लित देखिन्थे ।

राजपरिवार मात्र होइन, उक्त जमघटमा गीत गाउने दार्जिलिङकी किशोरी गायिका र उनको ब्यान्ड यतिबेला भाइरल बनिरहेको छ । धेरैले डेचेन अन्ना शेर्पाको गायकीको प्रशंसा गरेका छन् । डेचेनले गीत गाएर ज्ञानेन्द्र र कोमललाई मख्ख बनाएको भन्दै भारतीय मिडियाले चर्चा गरिरहेका छन् ।

डेचेनको प्रस्तुतिप्रति खुशि भएका पूर्वराजाले पनि उनलाई बधाइ र उपहार दिए । अहिले दार्जिलिङमा डेचेनको खुबै चर्चा भैरहेको छ । डेचेनले पनि पूर्वराजारानीको दीर्घायुको कामना गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *