मन्त्री कृष्णगोपाल भन्छन्- खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन – Nepal Press

मन्त्री कृष्णगोपाल भन्छन्- खेल भर्खर शुरू भएको छ, प्रधानमन्त्रीको राजीनामा आउँदैन

काठमाडौं । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीले राजीनामा नदिने र अविश्वास प्रस्ताव आएपनि यही सरकारले निरन्तरता पाउने दाबी गरेका छन् । सीटीईभीटीको ३३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले अविश्वास प्रस्ताव सामना गरेर अघि बढिने बताए ।

ओलीपक्षीय नेकपाका नेता श्रेष्ठले भने, ‘काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरूले केही गर्न सक्दैनन् । खेल त अब भर्खर शुरू भएको छ । हामीसँग पेले, मेस्सी र रोनाल्डोहरू छन् । यही सरकार निरन्तर हुन्छ र अबको सरकार चुनावी सरकार हुन्छ ।’

श्रेष्ठले प्रधानमन्त्री बनिदेऊ भन्दै केही नेताहरू घर-घर चहारे पनि फोहोरी खेलबाट देशलाई मुक्त गर्न चुनावी बाटोमै जाने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर