‘उपत्यका बाहिर जान बन्देज’ को समाचारप्रति उपराष्ट्रपतिको सचिवालयको आपत्ति – Nepal Press

‘उपत्यका बाहिर जान बन्देज’ को समाचारप्रति उपराष्ट्रपतिको सचिवालयको आपत्ति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनलाई ‘उपत्यका बाहिर जान बन्देज’ भनेर आएको समाचारप्रति ध्यानाकर्षण भएको निजी सचिवालयले जनाएको छ ।

दलित पत्रकार संघको बुटवलमा हुन लागेको राष्ट्रिय महाधिवेशन उद्घाटनमा आमन्त्रण आएकोमा सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदन फैसलाको क्रममा रहेकोले सम्भावित परिस्थितिलाई ध्यानमा राखेर सो कार्यक्रममा उपस्थित हुन नसक्ने भनी निजी सचिवालयको तर्फबाट आयोजकलाई जानकारी गराइएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले विज्ञप्तिमार्फत जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर