फैसला आउँदा बच्चाहरुसँग यसरी रमाइरहेका थिए ओली (तस्बिरहरु) – Nepal Press

फैसला आउँदा बच्चाहरुसँग यसरी रमाइरहेका थिए ओली (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन निर्णय बदर हुने गरी मंगलबार सर्वोच्च अदालतले फैसला सुनायो । संयोगले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन पनि थियो । फैसलाले उनको जन्मदिन नै खल्लो बनाइदियो ।

सर्वोच्चको फैसला आउँदाका बखत ओली बालबच्चाहरुसँग रमाइरहेका थिए । उनी आफ्नो जन्मदिन मनाउन त्यहाँ गएका थिए ।

फैसला यस्तो आउँछ भन्ने पूर्वसंकेत उनलाई पहिल्यै थियो । तर उनको चेहरा अघिपछिको भन्दा फरक थिएन । प्रधानमन्त्रीले बालबालिकाहरुसँग कसरी जन्मदिन मनाएका थिए, हेर्नुस् तस्बिरमा


प्रतिक्रिया

One thought on “फैसला आउँदा बच्चाहरुसँग यसरी रमाइरहेका थिए ओली (तस्बिरहरु)

  1. जन्मदिन मनाउन त्यहाँ गएका थिए…….कहाँ गएका थिए ?? बालुवाटारको सरकारी निवासमा रत्याैली खेल्ने र जन्मदिन मनाउने, मुलुक जतासुकै जावस्, जन्मदिनको रन्कोमा वालुवाटारको दुबो मास्न उद्दत वली कहाँ गएका थिए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर