प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः नारायणकाजी श्रेष्ठ – Nepal Press

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः नारायणकाजी श्रेष्ठ

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

अदालतले संविधानले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको भन्दै उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘सर्वोच्च अदालतले संविधानले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेको छ’ नेपाल प्रेससँग उनले भने, ‘अदालतले संविधान र लोकतन्त्र रक्षा गर्ने काम गरेको छ ।’

उनले अब संसद बसेर प्रक्रिया अगाडि बढ्ने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर