कांग्रेस प्रवक्ताको प्रतिक्रिया: अधिनायकवादी आकांक्षा पनि खारेज भयो – Nepal Press
अदालतको फैसला

कांग्रेस प्रवक्ताको प्रतिक्रिया: अधिनायकवादी आकांक्षा पनि खारेज भयो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसलाबाट संसद विघटनको कदमसँगै अधिनायकवादको आकांक्षा पनि खारेज भएको बताएका छन् ।

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलाबारे प्रतिक्रिया दिंदै प्रवक्ता शर्माले सो फैसलाबाट संविधानको रक्षा र जनताको जित भएको उल्लेख गरेका छन् ।

शर्माले ट्वीट गरेका छन्– संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर