भीमार्जुनले भने-अदालतले एकपटक फेरि आफू सक्षम र सबल छु भन्ने प्रमाणित गर्‍यो – Nepal Press

भीमार्जुनले भने-अदालतले एकपटक फेरि आफू सक्षम र सबल छु भन्ने प्रमाणित गर्‍यो

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले प्रनिनिधिसभा विघटन बदर गर्ने निर्णय गरेर सर्वोच्च अदालतले पुनः आफू सक्षम र सबल भएको प्रमाणित गरेको टिप्पणी गरेका छन्।

‘आदालतले एकपटक फेरि आफू सक्षम र सबल छु भन्ने कुरा प्रमाणित गर्‍यो,’ नेपाल प्रेससँग आचार्यले भने, ‘कार्यपालिका र व्यवस्थापिकाभन्दा न्यायापालिका पृथक छ । संविधानको कसैले उल्लंघन गर्‍यो भने हामी चेक गर्न सक्छौं, नियन्त्रण गर्न सक्छौं । र, यो मुलुक संवैधानिक सर्वोच्चताको हो भन्ने देखायो ।’

उनले आफूले न्यायालयको यो साहसलाई कदर गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर