चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न सक्ने, ब्रिक्समा दिल्लीलाई बेइजिङको समर्थन – Nepal Press

चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न सक्ने, ब्रिक्समा दिल्लीलाई बेइजिङको समर्थन

काठमाडौं । सीमा तनाव कायमै रहँदा चिनियाँ राष्ट्रपति सी जिङपिङले यसवर्षको अन्त्यतिर भारतको भ्रमण गर्न सक्ने सम्भावना रहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

पाँच उदाउँदा आर्थिक मुलुकको भारतमा हुने आसन्न ब्रिक्स सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति दिल्लीमा जान सक्ने जनाइएको छ । ब्रिक्स सम्मेलन आयोजनाका लागि भारतलाई चिनियाँ सहयोग हुने अभिव्यक्ति आएपछि यस्तो अनुमान गरिएको हो ।

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार आए चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न सक्ने जनाइएको छ । पछिल्लो महिना कतिपय भारतीय राज्यमा कोरोनाभाइरसको दोस्रो लहर सुरु भएको छ र कतिपय राज्यले लकडाउन गर्नेबारे छलफल गरिरहेका छन् ।

ब्रिक्स सम्मेलन आयोजना गर्न चीनको समर्थन हुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले बताएका थिए । उदयीमान बजार र विकसोन्मुख मुलुकको साझा संस्था ब्रिक्सले विश्वभरमा प्रभाव पार्न सक्ने भन्दै चीनले ब्रिक्सलाई लिएर प्रशंसा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *