मिस इको इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने – Nepal Press

मिस इको इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व अनुश्माले गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतिस्पर्धामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको जनाएको छ ।

१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रायमाझी कायरोतर्फ प्रस्थान गर्ने तयारीमा छिन् । प्रतिस्पर्धामा ६० देशबाट सुन्दरी सहभागि हुने जनाइएको छ ।

२१ बर्षीय रायमाझी प्रतियोगिताका लागि मार्चको पहिलो साता इजिप्ट उड्नेछिन् । उक्त प्रतियोगितामा आफूले नेपाली संस्कृति झल्कने पोशाक र चिनारी झल्काउने उनले बताइन् ।

मिस इको इन्टरनेसनलमा सहभागि हुनेमा रायमाझी छैठौं नेपाली प्रतियोगी हुन् । यसअघि प्रिन्सा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचन, मौनता लामाले सहभागिता जनाएका थिए । उक्त पेजेन्टको उपाधि नेपालले जित्नेमा आफू आशावादी रहेको नेपाल आयोजक संस्था ग्रिन आर्ट मिडियाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर