आमाबाटै नाबालिका छोरीको हत्या ! – Nepal Press

आमाबाटै नाबालिका छोरीको हत्या !

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका –३ हरहरवामा आमाले एक वर्षीया छोरीको हत्या गरेकी छन् ।

२१ वर्षीय आमा प्रेमा यादवले छोरीको हत्या गरी आफुले आत्महत्या गर्ने मनसाय बनाएकी थिइन्।

आफ्नो कोठामा रहेको पंखामा छोरीको घाँटीमा  डाेरी बाधेर हत्या गरेको खुल्न आएको छ । छोरीको हत्या लगत्तै प्रेमाले पनि डोरी कसेर आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।

आत्महत्या गर्न लागेकी प्रेमालाई नन्दले देखेर  बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिएका छन् ।

आइतबार राति ९ बजे बालिकाको शकांस्पद मृत्यु भएकोमा आफन्तहरूले नजिकैको खोलामा लगेर गाडेको जानकारी प्राप्त भएपछि प्रहरी तत्काल प्रहरी परिचालित भएको थापाले बताए ।

प्रहरीले खोज्ने क्रममा सोही ठाउँको दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थियो ।

मृतक बालिकाकाे हत्याकाे संलग्न भएको आरोपमा आमा २१ वर्षीय प्रेमा यादव, ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राज कुमार यादव र प्रेमाको साथी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदिप चौधरीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *