क्लासिक–टेकले कलंकीमा बिस्तार गर्‍यो १०० औं आउटलेट – Nepal Press

क्लासिक–टेकले कलंकीमा बिस्तार गर्‍यो १०० औं आउटलेट

काठमाडौं । नेपालको नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक–टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । सेवा बढाउने उद्देश्यकासाथ कलंकीमा सेवा बिस्तार गरेको कम्पनीले जनाएको छ ।

क्लासिक टेकको यो १०० औं आउटलेट हो । यसमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको कम्पनीले जनाएको छ।

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि, थानकोटलगायतका ठाउँमा आफ्नो सेवा दिइ रहेको छ । कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानोभन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीका अनुसार सो क्षेत्रका सेवाग्राहीलाई केहि महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र ७९९ रुपैयाँ प्रति महिनामा उपलब्ध गराइरहेको छ  ।

यसैगरि १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशतसम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरेका बताएको छ ।

यसैगरि आईपिटिभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् । कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ ।

आर्थिक वर्षभित्र FTTH को माध्यमबाट होम युजरलाई पनि सेवा दिने गरि कम्पनीले १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको बताएको छ । यसै महिनामा पनि कम्पनीले पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा छ ।


प्रतिक्रिया

One thought on “क्लासिक–टेकले कलंकीमा बिस्तार गर्‍यो १०० औं आउटलेट

  1. यो कम्पनिको जस्तो झुर सेवा अन्य कुनै कम्पनिको छैन ।समस्या आउदा ५० पटक फोन गर्दागर्दा आफ्नै पैसाको सत्यानाश ।सर्भिस राम्रो दिदैन । नेट पनि धेरै स्लो छ । समस्या आउदा समाधान गर्न पर्नेमा वास्तै गर्दैनन ।

Leave a Reply to सुमन Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर