धुर्मुस-सुन्तलीको क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राख्न पहल गर्ने – Nepal Press

धुर्मुस-सुन्तलीको क्रिकेट रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राख्न पहल गर्ने

काठमाडौं । कलाकार दम्पत्ति धुर्मुस-सुन्तलीको पहलमा निर्माण भैरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा सूचिकृत गर्न सरकारले पहल गर्ने भएको छ ।

सोमबार संचारमन्त्री पार्वत गुरुङसँगको भेटपछि नेपाल प्रेससँग कुरा गर्दै धुर्मुसले उक्त जानकारी दिएका हुन् । ‘रंगशालालाई गौरवको परियोजनामा राख्न सरकार सकारात्मक रहेको मन्त्रीज्यूले वचन दिनुभयो’ धुर्मुसले भने, ‘सरकार आवश्यक सहयोग गर्न तयार रहेको उहाँको भनाइ थियो ।’

गौरवको परियोजनामा राख्नका लागि मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव लैजाने जानकारी समेत दिएको उनले बताए । साथै नेपाल प्रेससँग कुरा गर्दै मन्त्री गुरुङले धुर्मुस–सुन्तलीले निर्माण गरिरहेको रंगशालालाई सहयोग गर्न सरकार तयार रहेको र यसबारे चाँडै केही निर्णय हुने जनाए ।

मन्त्री गुरुङलाई भेट्न अभिनेता समेत रहेका सीताराम कट्टेल ‘धुर्मुस’ सोमबार चितवनबाट काठमाडौं आइपुगेका थिए । अहिले चितवनमा रंगशालाको निर्माण कार्य भैरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर