हृदयश त्रिपाठी बेग्लै दल खोलेर चुनावमा जाने, फागुनमा दल दर्ता – Nepal Press

हृदयश त्रिपाठी बेग्लै दल खोलेर चुनावमा जाने, फागुनमा दल दर्ता

रुपन्देही । स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले वैशाखमा हुने चुनावमा बेग्लै दल दर्ता गरेर सहभागी हुने बताएका छन् । यसअघिको प्रतिनिधिसभा चुनावमा नेकपाको सूर्य चिह्नबाट चुनाव लडेका नेता त्रिपाठीले फागुनभित्र दल दर्ता गरेर वैशाखको चुनावमा सहभागी हुने बताएका हुन् ।

सोमबार गृहजिल्ला पश्चिमनवलपरासीको प्रतापपुरमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री त्रिपाठीले भने– सूर्य त आफै फ्रिज हुन्छ वा कता जान्छ भन्ने अन्योल छ । यसअघिको चुनावमा आफ्नै पार्टीबाट धोका खाएर एमलेसँग मिलेर सूर्य चिह्नबाट चुनाव लड्नपर्यो । अबको चुनावमा आफ्नै बेग्लै दलबाट चुनाव लड्ने हो ।

मन्त्री त्रिपाठी स्वतन्त्र राजनीतिक समूहको नाउँबाट तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । नयाँ पार्टीको नाम स्वतन्त्र राजनीतिक समूहलाई नै रुपान्तरण गरेर गठन गर्ने उनको भनाई छ ।

आफ्नो पार्टीमा विघटित प्रतिनिधिसभाका केही सांसद् र तत्कालीन तमलोपाका अधिकांश नेताहरु आउने उनको दाबी छ । ‘हामीले गठन गर्ने दलमा विघटित प्रतिनिधिसभाका केही सदस्यहरु आउने छन्’, उनले भने, ‘उनीहरु संसद् पुनःस्थापना सम्बन्धीको फैसला कुरेर बसेका छन् ।’

अरु दलले वर्गी आधार समेट्न नसकेको भन्दै नयाँ दल दल गर्नुपरेको बताए । भने– हाम्रो वर्गीय आधार भनेको किसान र साना व्यवसायी हुन् । जुन अहिलेका राजनीतिक दलको प्रतिनिधित्वमा परेका छैनन् । हाम्रो पार्टीको राजनीतिक आधार संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिबद्धतासहित विद्यमान विभेदको अन्तयसहित मूलरुपमा राजकीय सत्ता र सार्वभौम सत्ता जनतामा निहीत हुने मान्यता हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर