हलिउड अभिनेत्री जेनिफर एनिस्टनद्वारा राष्ट्रपति भण्डारीको प्रशंसा – Nepal Press

हलिउड अभिनेत्री जेनिफर एनिस्टनद्वारा राष्ट्रपति भण्डारीको प्रशंसा

काठमाडौं । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् ।

हलिउड अभिनेता ब्राड पिटकी पूर्वपत्नी समेत रहेकी एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राम स्टोरीमा राष्ट्रपति भण्डारीसहित जर्मन चान्सलर एन्जेला मर्केल, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन लगायत एसिया र अफ्रिकी मुलुकका महिला सरकार एवं राष्ट्रप्रमुखको तस्विर सेयर गरेकी थिइन् ।

‘परिवर्तन नचाहने शक्तिले विश्वमा हल्ला गरिरहेको बेला अन्ततः परिवर्तन सम्भव भएको छ’ उनले स्टोरीमा क्याप्सनसहित लेखेकी छिन् ।

विश्वका प्रभावशाली महिला र युवतीको शक्तिको प्रशंसा गर्दै उनले परिवर्तनका लागि महिला अगाडि बढ्नुपर्ने उल्लेख गरेकी छिन् । एनिस्टन चर्चित हलिउड टिभी सिरिज ‘फ्रेन्ड्स’बाट अभिनयमा उदाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *